FNCCI Election-2077

The Election of the Central Executive Body the Federation of Nepalese Chamber of Commerce and Industries (FNCCI), the major umbrella organization of Nepalese private sector, is going to be held on Shrawan 26/27 in Kathmandu.

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघमा नयाँ नेतृत्व छनोटका लागि मिति नजिकिँदै जाँदा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुका लागि यही साउन २६ र २७ गते हुन लागेको निर्वाचनमा किशोर प्रधान र चन्द्र ढकाल नेतृत्वका दुई प्यानल चुनावी तयारीमा जुटेका छन् । चुनावी हारजितमा राणनीतिक महत्व राख्ने पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म धुव्रिकृत हुँदै गएका हुन् । पछिल्लो परिदृश्य हेर्दा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्ष किशोर प्रधान समूहमा देखिन्छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकाल छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य र रविभक्त श्रेष्ठ मध्यमार्गी धारमा देखिन्छन् । वैद्य र श्रेष्ठको साथ आफूहरुलाई रहेको किशोर प्रधान र चन्द्र ढकाल दुवै पक्षको दावी छ । अर्का पूर्वअध्यक्ष विनोद चौधरी महासंघको निर्वाचनमा खुलेर पक्षविपक्षमा नलाग्ने भए पनि सहानुभूति किशोर प्रधान समूहलाई रहेको देखिन्छ । पूर्वअध्यक्षको रुपमा चौधरीलाई तत्कालिन अध्यक्ष पशुपति मुरारकाले सम्मान गरेकाले र मुरारको सक्रिय साथ अहिले किशोर प्रधान समूहलाई रहेकाले चौधरीको सहानुभूति किशोरलाई हुने व्यवसायीहरुको दावी छ । बाँकी पूर्वअध्यक्षहरु मुरारकासहित महेशलाल प्रधान, पद्य ज्योति, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपजंग पाण्डे, वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छा खुलेर किशोर प्रधान पक्षमा देखिएका छन् । पद्य ज्योतिका छोरा शौरभ ज्योति उपाध्यक्षकै उम्मेवार छन् भने प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे कार्यकारिणी सदस्य उठ्दै छन् । तर महासंघको राजनीतिमा विगतमा निर्णायक भूमिका खेल्दै आएका चण्डी ढकालदेखि पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज कर्णिकार आफ्नो पक्षमा भएकाले चुनाव जितिने विश्वासमा चन्द्र ढकाल समूह देखिन्छ । यता किशोर प्रधान समूहले भने परिस्थिति बदलिसकेकोले चण्डी र भास्करको उपस्थिति चन्द्र ढकाललाई प्रतिउत्पादक हुने विश्लेषण गर्दै आएको छ । चण्डी र भास्करको पृष्टभूमि र इमेज राम्रो नरहेको र त्यो कुरा सार्वजनिकरुपमा उदाङ्ग भइसकेकाले सचेत व्यवसायीले विवेकपूर्ण निर्णय गर्ने किशोर प्रधान समूहको छ । प्रधान समूहले अधिकांश ठूला व्यवसायीक घरानादेखि साना व्यवसायीसम्मको साथ आफूहरुलाई रहेको दावी गर्दै आएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेका किशोर प्रधान र चन्द्र ढकाल दुवै सफल र इमान्दार हुन । किशोर आर्थिकरुपमा पारदर्शी र इमान्दार व्यवसायीको रुपमा बढि चिनिन्छन् भने चन्द्र सफल व्यवसायीको रुपमा बढि चिनिन्छन् । दुवैले सानोस्तर मेहनत गर्दै आफूलाई स्थापित गर्न सफल भएका व्यवसायी हुन् । किशोरले व्यवसायिक क्षेत्रमा परिचित अनुहारहरुलाई उपाध्यक्षको उम्मेवारको रुपमा आफ्नो टिममा समावेश गरेका छन् भने चन्द्रले परिचित अनुहार नभए पनि रणनीतिक भूमिका खेल्नसक्ने खालका व्यक्तिहरुलाई समावेश गरेका छन् । किशोरको टिममा जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एशोसियट उपाध्यक्षमा सौरभ ज्योति छन् भने चन्द्र ढकाल समूहको जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।



Shyam Giri

12 Blog posts

Comments