बाँकेमा कोरोना संक्रमित थपिने संख्या १२ जना मात्र

बाँकेमा कोरोना संक्रमित थपिने संख्या १२ जनामा सिमित, जिल्लामा सक्रिय संक्रमितको संख्या ३०७ मात्र

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर १२ जनामा सिमित भएको छ । पछिल्लो २४ घण्टामा भएको १६३ नमुना परीक्षण गर्दा बाँके जिल्ला सभत्रका १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । २ वटा प्रयोगशालामा भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा १०३ नमुना परीक्षण गर्दा २५ जनामा र बागेश्वरी पीसीआर ल्यावमा ६० वटा नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधीमा बांकेमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा जिल्लामा ११८ जना कोरोना मुक्त भएका छन् । बाँकेमा अव सक्रिय संक्रमितको संख्या ३०७ जनामात्र बाँकी रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।


Shyam Giri

12 Blog posts

Comments