2 yrs ·Translate

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई डिजिटल प्रविधि मार्फत प्रवद्र्धन गर्ने कार्यको थालनी गरिसकेको छ । यसैको निरन्तरता स्वरुप महासंघले नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा ई–कमर्स साइट www.msmenepal.com को निर्माण गरी अनलाईन मार्फत लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरु किनवेच गर्न सकिने अवस्थाको सिर्जना गरेको छ ।
यसै सन्दर्भमा महासंघले लघु, घरेलु तथा साना उद्यमीहरुमा डिजिटल सीप विकास सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले UNCDF सँग सहकार्य गरिरहेको छ । पहिलो चरणमा महासंघका कर्मचारी सहितका पदाधिकारीहरुका लागि एक दिने डिजिटल प्रविधिमा क्षमता अभिबृद्धि सम्बन्धी सीप विकास तालिम २०७९ असोज ६ गते काठमाडौंमा आयोजना गरियो । सो तालिममा महासंघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, केन्द्रीय महिला उद्यमी समितिका पदाधिकारी र केन्द्रीय कार्यसमितिका पदाधिकारी गरी १७ .जनाको सहभागीता रहेको थियो भने UNCDF का Digital and Financial Capabilities Expert Ms. Danielle ले तालिम प्रदान गर्नु भएको थियो । यस्तै किसिमको डिजिटल प्रविधि क्षमता अभिबृद्धि तालिम अन्य लघु, घरेलु तथा साना उद्यमीहरुलाई समेत अनलाईन मार्फत दोश्रो चरणमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

image
image
image
image
+4